टस हारेर ब्याटिङ गर्दै कर्णाली


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

लुम्बिनीले यसअघि ६ खेल खेलेकामा ५ खेलमा पराजय व्यहोरेको छ भने एक खेलमा जित निकालेको छ। प्लअफबाट बाहिरिसकेको लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा छ। कर्णालीलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। यसअघिका पाँचमध्ये तीन खेलमा कर्णाली विजयी भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।