एजेन्सी ।
विश्वचर्चित अमेरिकी पपस्टार तथा युवा ढुकढुकी अभिनेत्री सेलेना गोमेजले आफ्नो प्रेमी बेनी ब्लान्कोका साथ इन्गेजमेन्ट गरेकी छन्।
सेलेनाले बिहीबार बिहान सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्ना फ्यानहरूलाई आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।
आफ्नो इन्गेजमेन्ट औंठी र बेनीका साथमा विभिन्न तस्विर सेयर गर्दै उनले ‘अब सधैंको लागि शुरू हुँदैछ लेखेकी छन्।
सोही पोष्टमा उनका हुनेवाला दुलाहा बेनीले लेखेका छन् ‘ए पर्ख, उनी मेरी श्रीमती हुन्।
सलेना र ब्लान्कोले सन् २०२३ मा सम्बन्धलाई सार्वजनिक गरेका थिए भने त्यसभन्दा अघि उनीहरू ६ महिना लिभिङ टुगेदरमा रहेका थिए।
प्रतिक्रिया