ब्रायन लारा आज नेपाल आउँदै


काठमाडौं ।

क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदै छन् । वेस्ट इन्डिजका चर्चित क्रिकेटर लारा पहिलो पटक नेपाल आउन लागेका हुन्।

नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि लारा नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) का छुम्बी लामाले जानकारी दिए । उनका अनुसार लारा आज बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुग्नेछन्। उनलाई स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू विमानस्थलमा पुग्नेछन्।

त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९:०० बजेबाट सुरु हुने पहिलो खेल हेर्नका लागि कीर्तिपुरस्थित मैदानमा पुग्नेछन्। केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्ड लाराले कम्तीमा तीन वटा खेल कीर्तिपुरस्थित मैदानमा गएर हेर्ने छन्। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।