मि.ओलम्पिया, हलिउड स्टारदेखि गभर्नरसम्म आर्नोल्ड स्वार्जनेगर

1.22k
Shares

खल्तीमा केही डलर र आँखामा ठूलो सपना बोकेर अष्ट्रियाबाट अमेरिकामा बसाईँ सरेका एक ठिटो, जसलाई अजङ्गको शरीर र लामो नामका कारण पटकपटक अस्वीकृत गरियो, तिनै व्यक्ति हुन् आर्नोल्ड स्वार्जनेगर । सामान्य परिवेशबाट माथि उठेर बडिबिल्डर बनेका उनी हलिउड स्टारदेखि स्टेट गभर्नर समेत बने ।


आर्नोल्डको जन्म ३० जुलाई १९४७ मा अष्ट्रियाको थलमा भएको थियो । कडा मिहिनेत, सामाजिक मूल्य मान्यता तथा अनुशासनलाई महत्व दिने एक प्रहरी अधिकारीका छोरा आर्नोल्ड भने फरक विचारधाराका थिए ।

सानैदेखि रंगमञ्चतिर आकर्षित भएका आर्नोल्डलाई जबर्जस्ती आफ्नो पथलाई अनुशरण गराएको कारण बुबासँगको उनको सम्बन्ध सहज बनेन । सानैदेखि चलचित्रमा अभिनय गर्ने उनको रुचिमाथि छोरोलाई पनि प्रहरी अफिसर बनाउन धोको राखेका उनको बुबाको असहमति थियो । पछि उमेर बढेसँगै उनी बडिबिल्डिंगतिर आकर्षित भए । यद्यपि आर्नोल्डले भने आफ्नो सपना पछ्याउन छोडेनन् । बडिबिल्डिंगलाई रंगमञ्चमा प्रवेश गर्ने खुड्किलो ठाने ।

आफ्नो सपना साकार पार्ने संकल्पका साथ उनी त्यसैमा होमिए । यसका लागि उनले आफ्नो घर, परिवार, देश नै छोडे ।
सन् १९६८ मा २१ वर्षको उमेरमा एउटा झोला र मात्र केही डलर लिएर उनी अमेरिका पुगे । जीविकोपार्जनका लागि उनले ईंटा बनाउने फ्याक्ट्रीमा काम गरे । दिनमा ईंटा बनाउँथे भने रातमा बडिबिल्डिंगका लागि कसरत गर्थे । प्रारम्भिक दिनहरूमा उनले आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न ठूला–साना सबै खाले कामहरू गर्थे ।


बडिबिल्डिंग प्रतियोगिताहरूमा भाग लिन थालेपछि भने उनको दिनचर्या फेरिन थाले । उनले एकपछि अर्को प्रतियोगिता जित्दै गए र अन्ततः उनले मिस्टर ओलम्पिया जस्तो विश्व बडिबिल्डिंगकै सबैभन्दा प्रतिष्ठित उपाधि समेत हात पारे । त्यो पनि एक पटक मात्र होइन, सात पटक । ली हानेले १९८४ देखि १९९१ सम्म लगातार आठपटक उक्त उपाधि नजितुन्जेल सात पटक मिस्टर ओलम्पिया बन्ने आर्नोल्ड एकमात्र बडी बिल्डर बनेका थिए ।


सानैदेखि रंगमञ्चतर्फ आकर्षित भएका उनलाई चलचित्रमा अभिनय गर्ने आफ्नो सपनालाई साकार पार्न ठूलै संघर्ष गर्नुप¥यो । सात पटक बडिबिल्डिंगको सर्वोच्च ताज पहिरिए पनि केवल अजंगको शरीरका कारण उनलाई चलचित्रमा काम दिन कोही पनि राजी भएनन् । कसैले उनको शरीर हेरेर त कसैले उनको लामो नामका कारण चलचित्रमा खेलाउन चाहेनन् । यद्यपि आर्नोल्ड आफ्नो लक्ष्य प्राप्तिमा विचलित नभई निरन्तर प्रयासरत रहे ।

अन्ततः उनी एक सफल अभिनेताको रूपमा स्थापित भएरै छाडे । सन् १९७६ मा नयाँ कलाकारको रूपमा गोल्डन ग्लोब अवार्ड जितेपछि चर्चित अभिनेता मेल गिब्सन, टम सेलेक, चेभी चेज र ओजे सिम्पसनलाई मुख्य भूमिका दिइएको चलचित्रमा उनले काम पाए । त्यसै क्रममा सन् १९८४ मा रिलिज भएको चलचित्र “द टर्मिनेटर” त उनको करियरको कोसेढुङ्गा नै सावित बन्यो ।

उक्त चलचित्रले आर्नोल्डलाई एक्सन स्टारको रूपमा स्थापित ग¥यो । उनले “द टर्मिनेटर”, “प्रेडेटर” र “टोटल रिकल” जस्ता सफल एक्सन चलचित्रहरूमा अभिनय गरे । त्यसपछिका उनी अभिनीत दर्जनौं ब्लकबस्टर चिलचित्रहरूले उनलाई सर्वकालीन महान् कलाकारहरूको सूचीमा उभ्याइदियो ।


तर, उनी यतिमा पनि रोकिएनन् । स्वार्जनेगर सन् २००३ देखि २०११ सम्म गरी दुई कार्यकाल क्यालिफोर्निया राज्यको गभर्नर पदमा निर्वाचित बने । क्यालिफोर्निया राज्यको संविधानअनुसार एकै ब्यक्तिले तेस्रो कार्यकालका लागि चुनावमा उम्मेदवारी दिन नपाउने भएपछि मात्र उनी उम्मेदवारी दिनबाट पछि हटेका थिए ।


आर्नोल्ड स्वार्जनेगरबारे केही रोचक तथ्य:


आर्नोल्ड स्वार्जनेगर केवल बडिबिल्डर र अभिनेता मात्र होइन, उनले व्यवसाय र राजनीतिमा पनि सफलता प्राप्त गरेका छन् । उनले रियल स्टेटमा ठूलो लगानी गरेर लाखौं डलर कमाए । उनले स्वार्जनेगर फाउण्डेशन स्थापना गरेर युवा सशक्तीकरण र शारीरिक स्वास्थ्यको प्रचारमा ठूलो योगदान पु¥याएका छन् ।


सन् १९८० र ९० को दशकमा आर्नोल्ड स्वार्जनेगर हलिउडका सबैभन्दा बढी कमाउने अभिनेता मध्ये एक थिए । टर्मिनेटर २ ः जजमेन्ट डे (१९९१) को सफलतापछि उनले ठूलो रकमको सम्झौतासमेत गरेका थिए । उनले टर्मिनेटर ३ जस्ता चलचित्रहरूमा काम गरे । जसका लागि उनले धेरै रकमको अनुबन्ध गर्नुका साथै चलचित्रको प्रदर्शनीबाट आएको मुनाफाको हिस्सा पनि पाएका थिए ।