संगीतमा माया गर्ने तरिका


काठमाडौं ।

गायक गायिका प्रताप दास र सुमी पराजुलीको स्वरमा माया गर्ने तरिका बोलको गीत सार्वजनिक भएको छ।
यादव लम्सालको शब्द रचना, अर्जुन पोख्रेलको संगीत, नरेश बिसीको मिक्सिङ र मास्टरिङ रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो।

मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतले अभिनय

गरेका छन्। उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ। भिडियो सुमी पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।