सँगै जिउने चाहनामा एउटै चाहना


काठमाडौं ।

एउटै चाहना बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। जीवन प्रधानाङ्ग र अन्नु चौधरीको स्वर, डिबी लामाको शब्द र संगीत, विशाल निरौलको एरेन्ज र रञ्जित राईको मिक्सिङ एवं मास्टरिङ रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

गीतमा आफूले मन पराएको मान्छेसँगसँगै जीउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ। गीतका शब्द जति प्रमिल छन्, भिडियोमा त्यति नै सुन्दर दृष्य कैद गरिएको छ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र जानु कार्कीले अभिनय गरेका छन् भने नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन रहेको छ। गीतको भिडियो सदीक्षा फिल्म्स्को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।