न्यूजील्याण्डविरुद्धको पहिलो एकदिवसीयमा श्रीलङ्का विजयी


काठमाडौं ।

श्रीलङ्काले न्यूजील्याण्डलाई ४५ रनले पराजित गरेको छ। एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलङ्काले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो।

श्रीलङ्काले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएपछि न्यूजील्याण्डलाई २७ ओभरमा २२१ रनको नयाँ लक्ष्य दिइएको थियो। सो लक्ष्य पछ्याएको न्यूजील्याण्डले २७ ओभरमा ९ विकट गुमाउँदै १७५ रन मात्र बनाएको थियो।

यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले कुशल मेण्डिजको १४३ र अभिश्का फेर्नानडोको १०० रनको मद्दतले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो। यो जितपछि श्रीलङ्काले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।