काठमाडौं ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध निर्वाचित भएका छन्।
समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ, केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दीपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन्।
सो अवसरमा फोटो पत्रकार गणेश विष्टलाई हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, सुजन बज्राचार्यलाई साहसिक फोटो पत्रकारिता सम्मान, प्रविन श्रेष्ठलाई पर्या–पर्यटन फोटो पत्रकारिता सम्मान, लेखबहादुर श्रेष्ठलाई मनोरञ्जन फोटो पत्रकारिता सम्मान, सरोज नेपाललाई खेलकुद फोटो पत्रकारिता सम्मान, सिविन नेपालकी फोटो पत्रकार रमिता छुँजूलाई माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१, कार्यवहाक महासचिव घनश्याम श्रेष्ठलाई संस्थागत एनएफपीजे प्रेसिडेन्ट अवार्ड २०८१ र रामेछाप शाखालाई उत्कृष्ट जिल्ला शाखा पुरस्कार प्रदान गरिएको थियो।











प्रतिक्रिया