काठमाडौं ।
भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ। यस अघि पहिलो खेल भारतले जितेको थियो। अब सिरिजको तेस्रो खेल बुधबार हुने छ।











प्रतिक्रिया