इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्ट इन्डिज २-१ ले विजयी


काठमाडौं ।

वेस्ट इन्डिजले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ। इङल्याण्डले दिएको २६४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। वेस्ट इन्डिजको जितमा ब्राण्डन किङले १०२ र कीची कार्टीले १२८ रन बनाएका थिए।

यसअघि इङल्याण्डले पहिला ब्याटिङ गर्दै फिल साल्टको ७४, डान मोउसलीको ५७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो।

यसअघि वेस्ट इन्डिजले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इङल्याण्डले ५ विकेटले जितेको थियो। अब दुवै टोलीबीच ५ खेलको टी-२० सिरिज हुने छ। सिरिजको पहिलो खेल नोभेम्बर १० मा हुँदै छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।