बर्दियामा गोली प्रहारबाट एक जना घाइते


काठमाडाैं ।

बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।

गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएकाेजिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक (फरेष्टरले) गोली हानेको बताए ।

ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पुर्‍याएका थिए । उनलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नरसिङ होम बाँकेमा रेफर गरी उपचार भइरहेको छ।

घटना अनुसन्धानका भइरहेकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।