प्रधानन्यायाधीश राउत मलेसिया जाँदै


काठमाडौं ।


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पहिलो विदेश भ्रमण तय भएको छ ।

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया गर्ने तय भएको छ । प्रधानन्यायाधीश राउत २४ राति मलेसिया aजाने छन् । उनी असोज २८ गते स्वदेश फर्किने छन् ।

एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया जान लागेका हुन् । प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल र रजिस्ट्रार विमल पौडेल हुनेछन् ।