कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

3.01k
Shares

काठमाडौं ।

कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए। यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा उरुग्वेसँग खेल्ने छ।

त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ। यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ।