कोपा अमेरिका: ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

6.77k
Shares

काठमाडौं ।

उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ।