नतिजा र अध्ययनका निमित्त विषय छनोट

490
Shares

एसईई २०८० को नतिजा प्रकाशित भएको छ, विगत २०७२ सालदेखि अंक प्रणाली हटेर ग्रेडिङ प्रणाली सुरुवात भएको थियो । त्यस बखत विद्यार्थीले कम ग्रेड ल्याए तापनि सीधै अनुत्तीर्ण भन्ने हुँदैन थियो ।

तर, यसपटक २०८१ सालमा प्रकाशित एसईईको नतिजामा राष्ट्रिय परीक्षा बोर्डले पुन २०७२ सालबाट हटाईएको भाष्य अनुत्तीर्णलाई पुनरावृत्ति गरेको छ । यसले नेपाली शिक्षा समाजमा एउटा तरंग नै सिर्जना गरेको छ।

यस्ता समय समयमा हचुवाका आधारमा गरिने परिवर्तनले अभिभावक तथा विद्यार्थीमा अन्योलता थपेको छ। हाम्रो शैक्षिक संरचनाअनुसार माध्यामिक तहको शिक्षा कक्षा १ देखि १२ भए तापनि एसईईपछि विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न विषय छनोट गर्नुपर्ने हुन्छ। आफैंले अध्ययन गरेको विद्यालयमा होस् वा अन्य विद्यालयमा अध्ययन गर्न, विषय रोज्नु पर्ने नै हुने भयो ।

एसईईको नतिजा प्रकासित भएसँगै कक्षा ११ वा सो बराबर सीटीईभीटीजस्ता संस्थामा अध्ययन गर्न चटारो परेको छ । साथसाथै अभिभावलाई समेत आफ्ना छोराछोरीको अध्ययनका निमित्त विषय छनोट गर्नेतर्फ सकेसम्म आफ्ना इच्छा अनूकुल विषय छनोट गरिदिए हुने भन्ने प्रकारको मनोविज्ञान बनेको पाइन्छ हाम्रो संरचनागत अवस्थाका कारण माध्यमिक तहको एउटै तहको कक्षा ११ बाट कक्षा ११ मा जानसमेत विषयगत अध्ययन गर्न रोज्नुपर्ने बाध्यता रहेको छ ।

यस्तो अवस्थामा कक्षा ११ मा अध्ययन सक्ने प्रायः १६ वा १७ वर्ष पुगेका कलिला विद्यार्थीको मनोविज्ञान र छोराछोरीको भविष्यको कल्पना गर्ने अभिभावक बिचमा विषय छनोटका सन्दर्ममा द्वन्द्व नै हुनेगर्दछ। जसले गर्दा अन्योलता नै सिर्जना हुने गर्दछ। त्यस्तो अवस्थामा विद्यार्थीलाई उचित परामर्शको खाँचो पर्दछ।

अभिभावकले विद्यार्थीलाई विषय छनोटमा अनावश्यक दबाब दिनु हुँदैन। बरू उनीहरूलाई रुचि र क्षमताका आधारमा विषय छनोट गर्न सल्लाह दिनुपर्दछ। अर्कातर्फ कक्षा ११ मा तिर्नुपर्ने शुल्क अध्ययन गरिहेको विद्यालय छाडेर अर्को विद्यालय जान रोज्ने हो भने अभिभावक तथा विद्यार्थीले आफ्नो घरको आर्थिक पृष्ठभूमि छनोट गर्ने विद्यालयको शुल्कको संरचना विद्यालयको शैक्षिक पृष्ठभूमि आदिलाई राम्रोसँग बुझेर मात्रै निर्णय लिनु पर्दछ।

विद्यार्थीले पनि साथी संगतिको लहैलहैमा लागेर हैन कि, आफ्नो विषयगत रुचि आफ्नो परिवारको आर्थिक क्षमता अध्ययन गर्न खोजेको विद्यालयको समग्र शैक्षिक अवस्थासमेतलाई एकदमै ध्यान दिनु जरुरी छ। अन्यथा भविष्यमा पश्चाताप गर्नुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ समेत सचेत बन्नु पर्दछ।

विद्यालयहरूले पनि नयाँ विद्यार्थीहरूलाई भर्नाको निमित्त आकर्षण गर्न तडकभडकको विज्ञापन नगर्न र सरकारी संयन्त्रले त्यसतर्फ निगरानी, समन्वय आदि सशक्त रूपले गर्न जरुरी छ।