युरो कप: जर्जियामाथि टर्कीको जित

658
Shares

काठमाडौं ।

टर्कीले युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए। त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए। यो जितपछि टर्कीले समूह एफमा महत्त्वपूर्ण जित हासिल गरेको छ।

अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोही दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ।

Skip This