युरो कपमा पोर्चुगलको विजयी सुरुवात

1.32k
Shares

 काठमाडौं ।

पोर्चुगलले युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो। पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए। यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो। त्यस्तै चेक रिपब्लिकले खेलको ६२औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो।

चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए। अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ।

Skip This