एडुक्रोप र टिम दिब्यलाई उपाधि

188
Shares

काठमाडौं ।

एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिब्य गर्ल्समा च्याम्पियन बने। सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२–२० ले पराजित गर्‍यो।

खेल अत्तिरिक्त समयमा लम्किएको थियो। निर्धारित समयको खेल २०–२० को बराबरीमा सकिएको थियो। गर्ल्सको उपाधि भिडन्तमा टिम दिब्यले बलर्स एकेडेमीलाई ८–५ ले हरायो। विजयी टिमका लागि विनामनी योञ्जनले ४ स्कोर गरिन्। ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार र दोश्रोले १० हजार नगद पुरस्कार हात पारे।

Skip This