एटलान्टासँग इन्टर मियामी पराजित

1.6k
Shares

काठमाडौं ।

इन्टर मियामी अमेरिकन लिग सकर अन्तर्गतको खेलमा पराजित भएको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो। एटलान्टाको जितमा साबा लोब्जहान्डलजेले २ गोल गरेका थिए भने जर्नल थियरेले एक गोल गरेका थिए।

त्यस्तै इन्टर मियामीका लागि एक गोल लियोनेल मेसीले गरेका थिए। इन्टर मियामीको यस सिजनमा यो तेस्रो हार हो । १७ खेलमा ३४ अङ्क हासिल गरेको इन्टर मियामी शीर्ष स्थानमा रहेको छ। त्यस्तै एटलान्टाको भने यो १५ खेलमा चौथो जित हो। १५ खेलमा १६ अङ्क हासिल गरेको एटलान्टा लिगको १२औँ स्थानमा रहेको छ।

Skip This