साउदी लिगमा रोनाल्डोको कीर्तिमान


काठमाडौं ।

क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्। गए राति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए।

यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन्। रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन्। रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्वाधिक ३४ गोल गरेका थिए।

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन्। अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ।

यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितेको छ। अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।