बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

29.42k
Shares

काठमाडौं

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५०  रुपैयाँ थियो। त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Skip This