काठमाडाैंमा रेष्टुरेन्टमा नाबालिकालाई शारीरिक सम्पर्क राख्न बाध्य बनाउने महिला पक्राउ



काठमाडौं ।

नाबालिकालाई यौन क्रियाकलापमा लगाउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जु भन्ने श्रृजना खनाल तमाङ घिसिङ र निशा भन्ने रमिला नेपाली रहेका छन् ।

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३०३) लाई राम्रो आम्दानी हुने काममा लगाईदिन्छु भनि प्रलोभन देखाई स्वागतम् रेष्टुरेन्ट एण्ड बार सञ्चालकले आफ्नो रेष्टुरेन्टमा खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरुसँग डिल गरी पीडितको ईच्छा विपरीत ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाई राखेको प्रहरीले जानकारी दिएकाे छ ।

बन्धक बनाइ राखेकाे अवस्थामा प्रहरी टोलीले पीडितलाई उद्दार गरेकाे छ ।

उक्त कार्यमा संलग्न दुई महिलाहरुलाई काठमाडाैं महानगरपालिका वडा नं.०७ मित्रपार्कबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट दिन ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्