रोकिराखेको बसमा ट्रक ठोक्किँदा एकै गाउँका ११ जनाको मृत्यु



एजेन्सी ।

भारतको उत्तर प्रदेशमा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार उत्तर प्रदेशको शाहजहांपुरमा गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो।

घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ। शाहजहानपुरका एसएसपी अशोक कुमार मिणाका अनुसार ढाबानजिकै एउटा बस रोकिएको थियो जसमा श्रद्धालुहरू यात्रा गरिरहेका थिए। ती व्यक्तिहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए।

उनीहरु कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा बसिरहेका थिए। दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्