मध्यराति बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु



एजेन्सी ।

भारतको पूर्वी दिल्लीस्थित विवेक विहार क्षेत्रको एक बाल अस्पतालमा भएको आगलागीमा परी कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ। दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा गए राति साढे ११ बजे आगलागी भएको भएको थियो।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ। आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए ।

प्रतिक्रिया दिनुहोस्