बडि बिल्डिङका २८ प्रशिक्षक तयार



काठमाडौं ।

नेपाल बडि बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षण प्रशिक्षणपछि बडि बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन्। प्रशिक्षणमा उत्तिर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरेका थिए।

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाई दिंदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग निभाउन अनुरोध गरे।

प्रशिक्षक प्रशिक्षण जेठ १ जेठ १२ सम्म सञ्चालन भएको थियो। काठमाडौंमा बडि बिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथो पटक हो। देशभरि भने यस्तो कार्यक्रम भएको यो आठौं पटक हो।

प्रतिक्रिया दिनुहोस्