म्यानचेस्टर यूनाइटेडले जित्यो एफए कप



एजेन्सी ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै म्यानचेस्टर यूनाइटेडले एफए कपमा १३ औं पटक उपाधि जितेको छ।

शनिबार वेम्बली रंगशालामा भएको खेलमा यूनाइटेडलाई जित दिलाउन पहिलो हाफको दुई गोल नै पर्याप्त भएको थियो । योसँगैं यूनाइटेडले आगामी सिजनको युरोपा लिग खेल्न पनि पाउनेछ।

गत साता सकिएको २०२३–२४ सिजनको प्रिमियर लिगमा यूनाइटेड आठौं स्थानमा रहेको थियो। जसले गर्दा टोली युरोपियन प्रतियोगिता खेल्ने वंचित भएको थियो । तर, एफए कप जितेसँगैं यूनाइटेडको यूरोपा लिग पक्का भयो ।

यूनाइटेडका लागि एलेजान्डरो गार्नाकोले ३० औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । यसको नौ मिनेटमा माइनूले गोल थपेर यूनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफ २–० को अग्रतामा सकाएको यूनाइटेडले दोस्रो हाफमा गोल थप्न सकेन।

८७ औं मिनेटमा जेरेमी दोकुले गोल गरेर सिटीलाई खेलमा फर्काउने प्रयास गरे । यो गोलले २–१ को स्थिति हुँदैं खेलमा रोमाञ्चक थपिएको थियो । यस अवस्थामा अन्तिम १० मिनेट रोक्न यूनाइटेडका खेलाडीलाई कठिन भएको थियो ।

बाँकी रहेको यो समयमा सिटीले खतरनाक रणनीति बुन्न नसक्दा यूनाइटेड उपाधि जित्न सफल भयो। दोकुको क्रसमा गत सिजन २०२३ मा पनि यी दुबै टोली फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा, सिटी २–१ ले विजयी भएको थियो ।

एफए कपको इतिहासमा सर्वाधिक उपाधि आर्सेनलले १४ पटक जितेको छ । यसपछि सर्वाधिक उपाधि म्यानचेस्टर यूनाइटेडले १३ पटक जितेको छ । चेल्सी र लिभरपुलले ८÷८ पटक उपाधि जित्दा म्यानचेस्टर सिटीले ७ पटक यो उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्