सन्दीपको भिसाको लागि खेल मन्त्रीको पहल

4.61k
Shares

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार भएको विषयमा खेल मन्त्री विराजभक्त श्रेष्ठले आवश्यक पहल सुरु गरेको युृवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्धको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको जनायो। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सन्दीपलई अमेरिकाको भिसा उपलब्ध गराउन अस्वीकार गरेको थियो।

दूतावासले भिसा नदिएकोबारे कारण खुलाएको छैन। सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जून २ देखि शुरु हुने टी २० विश्वकप खेल्नका लागि भिसाको आवेदन गरेका थिए।