बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित



काठमाडौं ।

अमेरिकाले बङ्गलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ। गए राति सम्पन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले पराजित गरेको हो।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो। यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो।

यस अघि पहिलो टी-२० मा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको थियो। लगातार दुई जितपछि अमेरिकाले बङ्गलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ। अब तेस्रो खेल शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्