अमेरिकाले बंगलादेशलाई हरायो



एजेन्सी ।

बलरहरूको शानदार प्रदर्शन तथा कोरी एन्डरसन र हरमीत सिंहको आक्रमक ब्याटिङको सहयोगमा अमेरिकाले बंगलादेशलाई ५ विकेटले हराएको छ। जितसँगैं तीन खेलको टी २० अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले १–० को अग्रता पनि लियो । टी २० विश्वकप अघिको यो जित अमेरिकाको लागि ऐतिहासिक समेत हो ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको अमेरिकाको शुरुवात राम्रो भएको थिएन । चौथो ओभरमै कप्तान मोनांक पटेल १२ रनमा रनआउट भए । यसपछि नवौं ओभरा एन्ड्रियस गास पनि २३ रन बनाएर आउट भए । १२ औं ओभरमा स्टेभन टेलर मात्र २० रनमा पभेलियन फर्के ।

ऐरन जोन्स र नितिश कुमार पनि क्रमशः ४ र १० रनमै आउट भएपछि ९४ रनमा ५ विकेट अमेरिकाले गुमाइसकेको थियो । तर, न्युजिल्यान्डका पूर्व अलराउन्डर एन्डरसन र हरमीतले पाँचौं विकेटका लागि आक्रमक ब्याटिङ गरेर १९.३ ओभरमै जित दिलाए । एन्डरसनले २५ बलमा ३४ रन जोडेका थिए। हरमीतले १३ बलमा ३३ रन बनाएका थिए।

पहिले ब्याटिङ गरेको ब्रंगलादेशका लागि लिटन दास र सौभ्य सरकारले ३४ रन जोडे । पाँचौ ओभरमा जसदीपले लिटनलाई आउट गरे। छैटो ओभरमा सरकार पनि आउट भए। तर, तौहित ह्दयले सर्वाधिक ५८ रन बनाएका थिए।

त्यस्तै महमुदुल्लाहले ३१ रन बनाए भने सरकारले २० रन, लिटनले १४ रन बनाएका थिए । दोस्रो खेल आज हुस्टनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्