मैत्रीपूर्ण खेलमा सूर्यदल गण विजयी



ललितपुर ।

सातौँ राष्ट्रिय भलिबल दिवस र सैँबु भलिबल क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा सैंबु भलिवल क्लबले मैत्रीपुर्ण खेल आयोजना गरेको छ । बुधबार भएको खेलमा नेपाली सेनाको देवीडाँडास्थित सूर्यदल गणले जित हासिल गर्‍यो। सूर्यदल गणले सैबु भलिबल क्लबलाई २५–१९, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो ।

विजयी टीमलाई क्लबका अध्यक्ष धिरज कुँवरले सम्मान गरेका थिए। अध्यक्ष कुँवरले स्थानीय तह, जिल्लाले गरेको कुनैपनि खेलकुदको कार्यक्रममा परिषद्ले सक्दो सहयोग गर्ने बताए।

सातवर्षअघि सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेकोमा सबैले खुसी मनाएका थिए। कार्यक्रममा भलिबल दिवस र क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो।

एकवर्ष अघि स्थापना गरेको क्लबले छोटो अवधिमा निरन्तर रुपमा भलिबल प्रशिक्षण जारी राखेको बताउँदैं अध्यक्ष कुँवरले यस्लाई अब जिल्लाब्यापी रुपमा प्रशिक्षण दिनेगरी तयारी भैरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्