एटलान्टाले जित्यो युरोपा लिगको उपाधि



काठमाडौं ।

इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो।

एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए। उनले खेलको १२औँ, २६औ र ७५औँ मिनेटमा गोल गरेका थिए। एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो। त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्