रोनाल्डोको ह्याट्रिकमा अल-नासरको शानदार जित

5.08k
Shares

काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए। रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन्।

यो जितसँगै अल नासरको ३० खेलमा ७४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।  त्यसै गरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औँ स्थानमा रहेको छ।