रामेछाप प्रशासनद्वारा मन्थलीका २ मेडिकल पसल बन्द



रामेछाप ।

रामेछापको मन्थलीमा सञ्चालित दुईवटा मेडिकल पसल बन्द भएका छन् । अनुगमनका क्रममा अवैधानिक रुपमा सञ्चालन भएका र करोबार गर्ने दुई मेडिकल हल बन्द गरिएको हो ।

मंगलबार गरिएको अनुगमनका क्रममा मन्थली नगरपालिका वडा नं १ मा संचालित दिपसन फार्मेसी र मन्थली मै संचालित साकुरा मेडिकल हलले अनुमति नलिएका औषधिहरू बिक्री वितरण गरेको, सञ्चय गरेको लगायतका कैफियत भेटिएपछि कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको जिल्ला प्रशासन कार्याल रामेछापका सूचना अधिकारी प्रकाश प्रधानले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार बेलुका एक सुचना जारि गदै दर्ता नभएको scalp lotion (permethrin 5%), sket shampoo संचय गरेको, निरीक्षणको क्रममा सम्बन्धित व्यवसायी अनुपस्थित रहेको¸व्यक्तिगत नाममा दर्ता रहेको फार्मेसीमा Tramadol injection संचय गरेको र oxytocin injection फ्रिज बाहिर संचय गरेको पाइएको हुँदा औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४ (क) बमोजिम उप्त मेडिकललाई कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको सुचना उल्लेख गरिएको छ ।

त्यस्तै साकुरा मेडिकल हल दर्ता नभएको canzid (clotrimazole) powder, scalp lotion संचय गरेको Spasmo, Pregabalin औषधीहरू बिक्री गरिसकेको secondary packaging material पाइएकोले औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४(क) बमोजिम उक्त फार्मेसीलाई कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाउने गर्ने निर्णय भएको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्