३५ लाख भन्दा बढीको अबैध समानसहित ट्रक नियन्त्रणमा



काठमाडौं ।

प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ । कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड गरेको खुद्रा समानसहित नियन्त्रणमा लिएकाे हाे ।

बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकस्थित गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३५ लाख ५९ हजार ४६ रूपैया बराबरको समानसहित पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्