लुकाकुले लिए संन्यास


बेल्जियमका सबैभन्दा सफल फुटबलर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । हाल फेनेरबाकबाट खेलिरहेका ३३ वर्षीय लुकाकु राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । उनले १ सय ३५ अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरेका छन् ।

सन् २०१० मा डेब्यु गरेका लुकाकु अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीमा पाँचौं स्थानमा रहेका छन् । सो सूचीमा उनी क्रिस्टियानो रोनाल्डो (१४६ गोल), लियोनल मेसी (१२६ गोल), अली दाइ (१०८ गोल) र सुनील क्षेत्री (९५ गोल) पछि रहेका छन् ।