धादिङका तीन पालिका जोड्ने किन्ताङफेदीमा बेलिवृजको उद्घाटन



धादिङ ।
उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने किनताङफेरीमा निर्माण भएको हाइब्रिड मेटालिक बेलिवृजको आइतबार उद्घाटन गरिएको छ ।
संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा बेलिवृजको उद्घाटन गर्नुभयो ।
खनियाबास गाउँपालिका ४ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ जोड्ने किन्ताङखोलामा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलीबृज नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । निर्माण सम्पन्न पुल ३० टन क्षमताको छ ।
गत अशोज १२ गते शिलान्यास भए सँगै नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग निर्माण सम्पन्न भएको थियो ।उक्त बेली ब्रिजको कुल १ करोड १० लाख लागत रहेको छ । पुल निर्माणको खर्च सुरुमा खनियाबास गाउँ पालिका र पछि नुवाकोटको किस्पाङ गाउँ पालिका, गंगाजमुना गाउँ पालिका र नेत्रावती डबजोङ गाउँ पालिकाले सहयोग गरेको खनियाास गाउँ पालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।
बेलिबृजको उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिका, र नुवाकोट जिल्लाको किस्पाङ गाउँ पालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा वर्षाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दथ्यो। वर्षाको समयमा पानी बढेपछि यातायात विच्छेद भई खाने सामानचामल, दमल, नसनतेल लान सकिएको थिएन भने विरामी पर्दापनि हेलिकप्टर मात्र सहारा बान्दै  आएको थियाे ।
उत्तरी धादिङलाई जोड्न अझै २ ओटा पुल बनाउन आग्रह गरिएकोसंघीय सांसद रामनाथ अधिकारीले बताउनुभयो । नेपाली सेनाका महारथी प्रभुराम शर्माले जनताका लागि काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । पुल बनेपछि अब वर्षामा झार्लाङसम्म सवारीसाधन संचालन हुने छ ।
खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा संविधानसभा सदस्य पुष्पविक्रमक मल्ल, पुर्वमन्त्री दिलमान पाख्रिन, प्रदेश सांसद डम्बर बहादुर तामाङ, गोविन्द लम्साल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्