रास्वपाका २० सांसद चीन प्रस्थान


काठमाडौँ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीलाई प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल चीन गएको हो। टोलीले चीनमा ११ दिन बिताउने कार्यक्रम रहेको छ।

महामन्त्री आचार्यको नेतृत्वमा रहेको भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।

चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न सहरको अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ। टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्ने जनाइएको छ।