लखनउमाथि राजस्थानको सहज जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो।

लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए। त्यसै गरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए भने दीपक हुडडाले ५० रन बनाएका थिए।

यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अङ्क भएको छ र अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ। त्यसै गरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अङ्क रहेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्