आगलागीबाट ५० लाखको क्षति



उदयपुर ।

उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कची स्थित पुँवारे दोर्जेलिङ गाउँमा दुईजनाको घर गोठ भान्सा बाख्राको खोरमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।

खड्ग कटुवालको जेठा छोरा रमेश कटुवाल भन्ने विष्णुकोे घरमा विद्युत सर्ट भएर बिहिबार साँझतिर भएको सो आगलागिमा रमेशका बुवा खड्ग कटुवालको घर समेत जलेर नष्ट भएको र अन्नपात, भाँडा वर्तन, खसी बोका पाडा समेत ५ थान चौपाया समेत ५० लाख सम्पति जलेको प्रत्यक्षदर्शी स्थानीय टेकराज रिखामले बताए ।

प्रत्यक्षदर्शी मगरका अनुसार सामान्य हावाहुरी चलेको समयमा भएको भए अझ धेरै क्षती हुन्थ्यो तर हावा नचलेकोले तत्कालै स्थानीय जम्मा हुनुका साथै प्रहरी र दमकल पनि आएकोले आगो नियन्त्रणमा लिन सकिएको थियो । घरभित्रका अन्नपात लुगा फाँटो लगायतका सामान निकाल्ने प्रयास गर्दा पनि सम्भव नहुँदा जलेर नष्ट भएको मगरले बताए ।

अन्य घरहरुलाई जोगाउन दमकल प्रहरी र स्थानीय गाउँलेहरुले सक्रियता बढाएका कारण अन्य घरहरुमा क्षती हुन नपाएको उनले बताए ।
यता नेपाल रेडक्रस सोसाइटी उदपुर जिला शाखाले शुक्रबार नै अग्नी पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्