छ हजार शरणार्थी स्वदेश फर्किए



काबुल  । 
छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगान ी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ ।

शरणार्थीहरु पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।

अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।

अफगानी सरकारी तथ्याङ्क अनुसार २५ लाखभन्दा बढी अफगान ी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै सङ्ख्यामा इरानमा रहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान ी आप्रवासीहरुलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्