ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा उक्लिएको छ।

३३ खेलमा ७६ अङ्कसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको आर्सनल ३४ खेलमा ७७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यसै गरी ब्राइटनको भने ३३ खेलमा ४४ अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्