आईपीएलमा बैंगलुरुको दोस्रो जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित निकालेको छ। गए राति सम्पन्न खेलमा बैंगलुरुले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो । हैदराबादका शाहबाज अहमदले सर्वाधिक ४० रनको बनाए। यस्तै, अभिषेक शर्मा र कप्तान प्याट कमिन्सले समान ३१-३१ रनको योगदान गरे।

बैंगलुरुका लागि करण शर्मा, स्वप्निल सिंह र क्यामरुन ग्रीनले २-२ तथा विल ज्याक्सले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलुरुले विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा २०६ रन बनाएको थियो।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ। हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्