विश्व ट्रायथलनकी अध्यक्ष कासाडो नेपालमा



काठमाडौं ।

विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौं आइपुगेकी छन्। नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन्।

शनिबार पोखरामा एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसिप हुँदैछ। उनी यसैका लागि पोखरा जानेछिन्। प्रतियोगितामा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछन्। यो विश्व ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता समेत हो।

नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ। विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि आज नेपाल आउने कार्यक्रम रहेको छ। विश्व ट्रायथलनको मुख्यालय स्विटजरल्यान्डको लुसानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्