पटनामा भीषण आगलागी : ६ जनाको मृत्यु, ७ जना गम्भीर घाइते



काठमाडौं ।

भारतको बिहार राज्यको राजधानी पटनामा बिहीबार भएको भीषण आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेका छन् ।

पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा आगलागीको कारण सिलिन्डर विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पटना स्टेसन नजिकै रहेको पाल होटलमा लागेको आगो निकै हावा चलिरहेको कारणले आगो नियन्त्रणमा लिन दमकलको टोलीलाई घण्टौ समय लागेको थियो ।

आगलागी आसपासका क्षेत्रमा फैलिन नदिन सावधानीका रूपमा विद्युत् काटिएको थियो । होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पीएमसीएच पटनामा उपचार भइरहेको छ ।

आगो नियन्त्रणमा आएपछि अहिले स्थिति नियन्त्रणमा आएको छ । उक्त आगलागीमा धेरै मानिस भवनमा फसेका थिए जसलाई हाइड्रोलिक क्रेन र दमकलले तल ल्याएको बताइएको छ । दमकलका पाँचवटा ठूला गाडी घटनास्थलमा छन् । भवनमा फसेका केही व्यक्तिको उद्धार गर्दा उनीहरु बेहोस भएका छन् । धेरै मानिस आगोमा फसेका थिए र मुस्किलले बचेको प्रहरी जनकारी दिएको छ ।

,

प्रतिक्रिया दिनुहोस्