वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं ।

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द रहेका छन्।

यस अघि वेस्ट इन्डिज ‘ए’ टिम बुधबार नै काठमाडौं आइसकेको छ।  सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौँ ४ मे मा हुने छ।

सिरिजका सबै खेल टियु मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने छन्।

प्रतिक्रिया दिनुहोस्