सेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक एक गोल गरेका थिए। त्यसैगरी सेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अङ्क भएको छ र छैटौँ स्थानमा रहेको छ। त्यस्तै सेफिल्डको भने ३४ खेलमा केवल १६ अङ्क रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्