डिम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी



काठमाडौं ।

फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा ओसमान डिम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए।

त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए। यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ। ३० खेलमा ६९ अङ्कसहित पिएसजी शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडीब रहेको छ। त्यसै गरी लोरिएन्टको ३० खेलमा २६ अङ्क रहेको छ र लिगमा १७औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्