गुजरातमाथि दिल्लीको रोमाञ्चक जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाएपछि खेल ४ रनले हारेको थियो । यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । यो यस सिजनमा दिल्लीको चौथो जित हो ।

यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अङ्क भएको छ र अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्