पदमका फूल भिडियोमा



बैतडी ।

लोक तथा देउडा गायक महेशकुमार औजीको नयाँ गीत पदमका फूल सार्वजनिक भएको छ। गीत भिडियोसहित गायक औजीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक औजी र महेन्द्रराम पार्कीको स्वर रहेको गीतमा बिमला कँडेल, लक्ष्मी राना, रुपा तामाङ, योगेश पुन र रामबाबु परियारको ग्रुप भोकल रहेको छ। गीतमा गायक औजीसँगै पार्की र कैलाश पाण्डेयको लय छ भने हेमन्त शिशिरले एरेन्ज गरेका छन्।

गीतको भिडियोमा अभिशेक खड्का र दुर्गा भट्टको अभिनय रहेको छ। गीतको भिडियोमा माया पिरति र यथार्थ जीवनको विषय समेटिएको छ।

सुदूरपश्चिमा बेग्लै पहिचान बनाएका गायक औजीले नयाँ तरिकाले गीत प्रस्तुत गरेका छन्। औजी अढाई दशकदेखि गायन क्षेत्रमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्