नेकपा एमाले गंगाजमुनाको अध्यक्षमा नवराज ढकाल



धादिङ ।

नेकपा एमाले गंगाजमुना गाउँपालिकाको दोश्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले ४९ सदसिय पालिका कमिटिको सर्वसम्मत रुपमा चयन गरेको छ ।

 अधिवेशनले सर्वसम्मत रुपमा गंगाजमुना गाउँपालिका कमिटि उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्रबहादुर तामाङ निर्वाचित भएका छन् ।

अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गरे। विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गरे ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताए।

नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले महिला, गरिब दलित जनजातीका लागि एमालेले गरिरहेका काम हाल रोकिएको भन्दै एमालेलेमात्र गाउँको विकास गर्न सक्ने उदाहरण २०७४को निर्वाचनपछि गाउँमा भएको विकासले देखाएको र अहिले रोकिएको अवस्थामा एमालेलेमात्र विकास गर्ने बताए।

सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरेको जनाएको छ । अधिवेशन लाई नेकपा एमाले जिल्ला सदस्य बलबहादुर अधिकारी, भक्त लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्